
सुर्खेत । नेपाली कांग्रेसले प्रदेशगत आधारमा समानुपातिकतर्फका उमेदवारको बन्दसूची तयार पार्दै छ । प्रदेशबाट हुने प्रतिनिधित्वमा कर्णाली प्रदेशले छुट्याइएको छ । तयार पारिएको बन्दसूची प्रदेशगत जनसंख्याका आधारमा तयार पारिएको हो ।
कर्णालीको छिमेकी प्रदेश सुदुरपश्चिमलाई पनि १० सिट छुटयाइको छ । प्रदेशगत रुपमा काँग्रेसले वाग्मतीले २२ सिट पाएको छ । वाग्मतीपछि मधेसले २१ सिट पाउँदा कोसीले १८ सिट पाएको छ । कोसीले प्राप्त गर्ने १८.५ भए पनि १८ को मात्र नाम सिफारिस भएको कोसी प्रदेश सभापति उद्धव थापाले जानकारी दिए ।
कोसीको १७.५ र लुम्बिनीको १७.५ प्रतिशत अंश भएकाले नेताहरूले एकतर्फ बढी बनाउन मिल्ने ठाउँ राखेका छन् । लुम्बिनीले पनि १७ को मात्र नाम सिफारिस गरेको जनाएको छ । गण्डकी प्रदेशले भने ११ जनाको नाम सिफारिस गरेको छ ।
काँग्रेसले कर्णालीका दश जिल्लामा गरेर कुल ६४ जनालाई समानुपातिको बन्द सूचिमा राखेको छ । यीनै ६४ जना मध्येबाट समानुपातिक प्रतिनिधि निर्वाचित हुने छन् । जस अनुसार काँग्रेसले जाजरकोटमा जनकबहादुर नेपाली बादी, भूमिलाल रोकाया (जनजाति), हजारी नेपाली बादी, रामछायाकुमारी शाही, विष्णु गिरीलाई समानुपातिक उम्मेद्वार बनाएको छ ।
त्यस्तै सल्यानमा चक्रबहादुर देवकोटा, प्रेमबहादुर डाँगी, वीरबहादुर सेजुवाल, गणेश चन्द, ध्रुवबहादुर मल्ल, सीता गिरी, विष्णुकुमारी शर्मा, सुभद्रा बस्नेत, चक्रबहादुर परियारलाई समानुपातिक उम्मेद्वार बनाएको जनाएको छ ।
दैलेख क्षेत्र नं. १ मा निर्मलाकुमारी खड्का थापा, मीनाकुमारी थापा, मोहनमाया प्याकुरेल (महिला), गणेशकुमार श्रेष्ठ, दुर्गाकुमारी श्रेष्ठ, कुलबहादुर विक, दीपक सोनी, गणेशबहादुर बोगटी र क्षेत्र नं. २मा जानकीकुमारी विष्ट, पूर्णबहादुर थापा, भगवतीप्रसाद रेग्मी, लीलाराम उपाध्याय, शेरबहादुर शाही, सूर्य विकलाई समानुपातिक उम्मेद्वार बनाएको छ ।
त्यस्तै सुर्खेतमा पनि क्षेत्र नं. २ मा गंगा नेपाली, पार्वतीकुमारी गिरी, भगे कामी, धना विष्ट, भीमबहादुर शाही नेपाली र क्षेत्र नं. १ मा नगरबहादुर सुनार, मीमा मल्ललाई समानुपातिक उम्मेद्वार बनाएको छ ।
जुम्लामा दीनबन्धु श्रेष्ठ, लक्ष्मीप्रसाद आचार्य, धनबहादुर बस्नेत, जयहरी आचार्य, पुरीचन्द्र देवकोटा उपाध्याय, गोविन्द शाही, परेकलाल घर्ती, लालबहादुर जिसी, माया सार्की, नेत्रकला शाही, गोरखबहादुर सुनार, नविना केसी बडुवाल, रन्जब अलब मनिहर, कर्णजंग हमाल, रामकृष्ण न्यौपानेलाई समानुपातिक उम्मेद्वार बनाएको छ ।
डोल्पामा टंकप्रसाद उपाध्याय, जयकुमारी शाही, रमादेवी न्यौपाने, मुगुमा मीन भाम, भीम तिरुवा, कशरकला मल्ल, कालीकोटमा कालीबहादुर सहकारी, सुशीला शाही बम, मानबहादुर नेपालीलाई समानुपातिक उम्मेद्वार बनाएको छ ।
त्यस्तै हुम्लामा बहादुर लामा, ताराबहादुर लामा, रम्भा शाही र रुकुम पश्चिममा मानबहादुर नेपाली, मनिषा रोकाया भण्डारीलाई समानुपातिक उम्मेद्वार बनाएको काँग्रेसले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्