२०८३ कात्तिक १३ , शुक्रबार
भालुखाेलामा ट्याक्टर दुर्घटना

घटनास्थलमै युवाकाे मृत्यु, चालक पक्राउ



सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–९, भालुखोलामा ट्याक्टर दुर्घटना हुँदा एक मजदुरको मृत्यु भएको छ। बालुवा बोकेर खहरे खोलातर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा मजदुरको घटनास्थलमै मृत्यु भएको हो।

साेमबार भे २ त ५९ नम्बरको ट्याक्टर भालुखोलाबाट बालुवा लिएर खहरे खोलातर्फ जाने क्रममा दुर्घटनामा परेको थियो। ट्याक्टरको अगाडिको भाग पल्टिँदा च्यापिएर गुर्भाकोट नगरपालिका–९, बोटेचौर निवासी २८ वर्षीय बिमल रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न ट्याक्टर चालक गुर्भाकोट नगरपालिका–२, खरिगैराका ४८ वर्षीय चन्द्रप्रकाश विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १३ गते शुक्रबार