सुर्खेत । पछिल्लो सात वर्षको अवधिमा कर्णालीका पर्यटकीय स्थलमा १६ हजार भन्दा बढी पर्यटकले पुगेका छन् । प्रदेश सरकारको उद्योग पर्यटन, बन तथा वातावरण मन्त्रालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७६/०७७ देखि २०८२/०८३ को अवधिमा कर्णालीका विभिन्न पर्यटकीयस्थलमा गरी कुल १६ लाख ३९ हजार ८ सय ४३ जना आन्तरिक तथा बाह्य पर्यटक पुगेका हुन् । जसमध्ये सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रादेशिक सहिद पार्कमा मात्रै कुल ७ लाख ७७ हजार ६ सय ५२ जना पर्यटकहरु पुगेको मन्त्रालयका सचिव अजित कुमार कर्णले जानकारी दिए ।

त्यस्तै रारा तालमा १ लाख ५१ हजार एक सय ४८ जना, २६ हजार ५ सय ८५ जना, कुपिन्डे तालमा २९ हजार, बयलकाँडामा ५ सय ५६ जना आन्तरिक तथा बाह्य पर्यटक पुगेको छन् । पछिल्लो दुई वर्षको अवधिमा काँक्रेविहारमा ८५ हजार २९ जना र बुलबुले तालमा ६ लाख १९ हजार २ सय २४ जना पर्यटक पुगेका छन् । मन्त्रालयले मंगलबार सञ्चारकर्मीसँग गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग पर्यटन, बन तथा वातावरण मन्त्री कल्याणी खड्काले पर्यटनबाट नै कर्णालीको समृद्धि सम्भव रहेको भन्दै प्रदेश सरकारले बढीभन्दा बढी पर्यटक भित्र्याउने अभियान सुरु गरेको बताइन् । जसका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि २०९३÷०९४ सम्मलाई पर्यटक दशक बनाउने, पर्यटन व्यवसायी र पर्यटक गाइडलाई तालिम दिने, दश वर्षे पर्यटन गुरुयोजना कार्यान्वयन गर्ने र कर्णालीका पर्यटकीय स्थलहरुको संरक्षण र प्रचार–प्रसार गर्ने जस्ता कार्यक्रमहरु अगाडि सारेको छ ।
प्रतिक्रिया दिनुहोस्