२०८३ कात्तिक १२ , बिहीबार
चिर्पट प्रहारबाट ६२ वर्षीय वृद्धको मृत्यु

हत्या अभियोगमा ४० वर्षीय व्यक्ति पक्राउ



सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिकामा चिर्पट प्रहारबाट एक वृद्धको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–८, सुन्दरनगरका ६२ वर्षीय मानबहादुर राजी रहेका छन्। उनलाई चिर्पट प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँका ४० वर्षीय टेकबहादुर विक पक्राउ परेका हुन्। विकलाई स्थानीयले ‘मैते’ भनेर चिन्ने गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चिर्पट प्रहारबाट गम्भीर घाइते भएका राजीलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।

घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी मेहेलकुनाबाट खटिएको टोलीले विकलाई मंगलबार दिउँसो नियन्त्रणमा लिएको थियो।

घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १० गते मंगलबार