सुर्खेत । नेपाल आयल निगमले फेरि पेट्रोलको मूल्य बढाएको छ। निबारदेखि लागू हुने निगमले पेट्रोलको मूल्य बढाएको जनाएको छ। निगमले शुक्रबार साँझ विज्ञप्ति प्रकाशित गर्दै पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको हो। जसअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले बढाइएको छ ।
आयल निगमले डिजेल तथा मट्टितेलमा मूल्य भने घटाइएको छ। डिजेल तथा मट्टितेलमा प्रति लिटर १ रुपैयाँले घटाइएको निगमले जनाएकाे छ ।
प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्