सुर्खेत। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आयोजित कर्णाली प्रदेशस्तरीय फुटबल छनोट प्रतियोगितामा डोल्पा विजेता बनेको छ। शनिबार सुर्खेतलाई उसकै घरेलु मैदानमा १–० गोलले पराजित गर्दै डोल्पाले उपाधि जितेको हो।

प्रतिस्पर्धात्मक खेलमा डोल्पाले सुर्खेतविरुद्ध निर्णायक एक गोल गर्दै जित निकालेको हो। घरेलु मैदानमा खेलेको सुर्खेत भने उपविजेतामै सीमित भएको छ।
प्रतियोगिताको विजेता डोल्पा टोलीलाई कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले पदक तथा प्रमाणपत्र वितरण गरेका थिए।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी आयोजना गरिएको प्रदेशस्तरीय छनोटले कर्णालीका जिल्लाबीच फुटबल प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।
प्रकाशित मिति : २०८३ कात्तिक १ गते आइतबार
प्रतिक्रिया दिनुहोस्