२०८३ वैशाख ६ , आइतबार
प्रतिनिधि सभा निर्वाचन- २०८२

कर्णालीका मुख्यमन्त्रीकाे प्रस्तावमा कुलमणिकाे उम्मेदवार दर्ता



सुर्खेत । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेबाट सुर्खेत क्षेत्र नं. २ मा कुलमणि देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् । दिउँसो १ बजे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।


एमाले सुर्खेतका जिल्ला अध्यक्ष समेत रहेका देवकाेट पनि पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका हुन् । देवकाेटाकाे प्रस्तावकमा कर्णाली प्रदेश सरकार मुख्यमन्त्री यामलाल कँडेल र नवराज रावत समर्थ छन् ।

प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार