२०८३ वैशाख ५ , शनिबार
सुर्खेतका यातायात व्यवसायीहरु आन्दोलित

लामो र छोटो दुरीका सबै यातायात ठप्प



सुर्खेत । सर्खेतमा यातायात व्यवसायीहरू आन्दोलित भएका छन् । छोटो तथा लामो दुरीका सबै सार्वजनिक सवारी सञ्चालन ठप्प पारेर व्यवसायीहरु आन्दोलित भएका हुन् । प्रहरीले सार्वजनिक सवारीका मजदुरमाथि धरपकड गरेको र रातो प्लेटका सवारीसाधनमाथि कडाइ नगरेको आरोप लगाउँदै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।


सुर्खेतमा रहेका १३ वटा यातायात प्रालिहरूले संयुक्त रूपमा निर्णय गर्दै प्रहरीको ‘पक्षपातपूर्ण’ कारबाही तत्काल रोक्न माग गरेका छन् ।
व्यवसायीहरूका अनुसार निजी प्रयोजनका लागि दर्ता भएका रातो प्लेटका सवारीहरूलाई छुट दिइएको तर सार्वजनिक सवारीमाथि मात्रै दबाब सिर्जना गरिएको यातायात व्यवसायीहरुको माग छ । यातायात व्यवसायीहरुले गरेको आन्दोलनका कारण सुर्खेतबाट सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी सेवा पूर्ण रूपमा प्रभावित भएका छन् ।

प्रकाशित मिति : २०८२ चैत २० गते शुक्रबार