सुर्खेत । सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत दैलेखको गुराँस गाउँपालिका–४ चिसापानीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ निवासी ५५ वर्षीय कृष्णकुमार आचार्यको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो। दुर्घटना कसरी भयो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति : २०८३ कात्तिक १५ गते आइतबार
प्रतिक्रिया दिनुहोस्