सुर्खेत । नेकपा एमालेले सुर्खेतस्थित वीरेन्द्रनगरकाे घण्टाघर डब्बलीमा चुनावी आम सभा गरेको छ । वीरेन्द्रनगरकाे मंगलगढीचाैकबाट र्याली निकालेर घण्टाघरकाे सभा गरेकाे गरेकाे हाे ।
सभालाई प्रतिनिधिसभा सदस्यका उम्मेदवार लगायत पार्टीका केन्द्रीय सचिव यामलाल कँडेल लगायतका नेताहरूले सम्बाेधन गर्नेछन् । सभाका लागि विभिन्न क्षेत्रबाट एमालेका कार्यकर्ताहरू भेला भएका छन् । याे सभालाई एमालेले शक्ति प्रदर्शनका रूपमा लिएको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले घण्टाघर डब्बलीमै चुनावी सभा गरिसकेका छन् । अन्य पार्टीकाे चुनावी सभालाई नजिकबाट नियालेकाे एमालेले विशाल शक्ति प्रदर्शन गर्ने र चुनाव अघि नै आफ्ना उम्मेदवारहरू विजयी दावी गर्दै कार्यकर्तामा उत्साह थप्ने छ ।
प्रकाशित मिति : २०८२ फागुन १७ गते आइतबार
प्रतिक्रिया दिनुहोस्