
सुर्खेत । थारु समुदायमा लाग्ने सिकलसेल एनिमिया रोगको सुर्खेतमै नियमित परीक्षण र औषधि उपचारका लागि पहल सुरु गरेको छ । कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिले सुर्खेतमै सिकलसेल एनिमिया रोगको नियमित परीक्षण र औषधि उपचारको व्यवस्था गर्न पहल सुरु गरेको हो ।
सिकलसेलको नियमित परीक्षण र औषधि उपलब्ध हुने वातावरण बनाउन समितिले आइतबार प्रदेश सरकारसँग छलफल गरेको छ । समितिले प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र मन्त्रालयका सचिव ढोलकराज ढकाललाई बोलाएर सुर्खेतमा सिकलसेल रोगको परीक्षण र औषधि उपचारको व्यवस्था मिलाउन आग्रह गरेको छ ।
केही समयअघि मात्र युएनडीपी संसद सहयोग परियोजनाको सहकार्यमा संसदीय मामिला पत्रकार समाजले सुर्खेतमा सिकलसेल रोग सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया गरेको थियो । जहाँ सिकलसेल संक्रमितहरुले सहज रुपमा औषधि उपचार र नियमित परीक्षणको वातावरण बनाइ दिन प्रदेशसभाको सामाजिक विकास समितिसँग माग गरेका थिए ।
थारु समुदायको माग बमोजिम नै समितिले सिकलसेल संक्रमितले सुर्खेतमै औषधि उपचारको पहल थालेको हो । बैठकमा सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले सुर्खेतमा नियमित परीक्षण र औषधि उपचारको व्यवस्था नहुँदा संक्रमितले नेपालगञ्ज पुगेर औषधि उपचार गर्नु परेको भन्दै तत्काल संक्रमितका लागि औषधि उपचारको प्रबन्ध मिलाउन आग्रह गरे । ‘सिकलसेलका विरामीले सुर्खेतमा औषधि उपचार पाउने अवस्था छैन, ५ सयको औषधि लिन नेपालगञ्ज जानु पर्ने बाध्यता छ’ सभापति खत्रीले भने, ‘संक्रमितलाई सुर्खेतमै औषधि उपचार हुने वातावरण मिलाउनु प¥यो ।’

त्यस्तै समितिका सदस्य रणसिंह परियारले पनि सिकलसेल संक्रमितले सहज रुपमा औषधि उपचारको व्यव्स्था मिलाउन प्रदेश सरकारलाई आग्रह गरे । ‘ सिकलसेलबाट सुर्खेतका थारु समुदाय धेरै पीडित छन्, संक्रमितहरु ५ सयको औषधि लिन ५ हजार खर्च गरेर नेपालगञ्ज जानुपर्छ’ उनले भने, ‘प्रदेश सरकारले स्वास्थ्य परीक्षण र औषधि उपचारको पहल गरोस् ।’
समितिका अर्का सदस्य जुम्कित लामाले पनि सुर्खेतमै सिकसेल रोगको उपचारका लागि पहल गर्नुपर्ने बताइन् । ‘सिकलसेलबाट पीडित थारु समुदायहरु औषधि उपचारका लागि रोइकराइ रहेका छन्’ उनले भनिन्, ‘कम्तिमा सरकारले पीडितलाई निःशुल्क औषधि उपचारको लागि वहल गरोस् ।’
कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सिकलसेल संक्रमितका लागि आैषधि खरिदकाे प्रक्रिया सुरू भएको बताए । “आपतकालीन स्वास्थ्य आपूर्तिका लागि
९७ प्रतिशत थारु समुदायमा लाग्ने सिकलसेलबाट कर्णालीका थारु समुदाय पनि पीडित छन् । तर कर्णालीमा सिकलसेलको नियमित परीक्षण र औषधि पाइदैन । संघीय सरकारले सिकलसेलको निःशुल्क परीक्षण र संक्रमतिका लागि वार्षिक एक रुपैयाँसम्मको औषधि उपचारमा सहुलियतको सुविधा दिने गरेको छ । तर यो कर्णालीका अस्पतालहरुमा सरकारले दिएको सहुलियत सेवा नहुँदा कर्णालीका संक्रमितहरु औषधि उपचारका लागि नेपालगञ्ज जानुपर्ने बाध्यता छ । कर्णाली प्रदेशको सुर्खेतमा मात्र झण्डै ९ हजार जनसंख्या थारु समुदाय छन् । विभिन्न समयमा गरिएको परीक्षणमा ८८ जनामा सिकलसेल संक्रमित छन् । तर आर्थिक अभावका कारण ती संक्रमितहरुले नियमित औषधि उपचार गर्नुपर्ने अवस्था छ वा छैन भनेर एकीन गरिएको छैन । तर सुर्खेतका ४२ जनाले भने नियमित औषधि सेवन गरिरहेका छन् । उनीहरुले नेपालगञ्ज पुगेर नियमित रुपमा औषधि उपचार गर्दै आएका छन् । संघीय सरकारले थारु समुदायमा सिकलसेलको निःशुल्क परीक्षण र एक वर्षमा एक लाख रुपैयाँसम्म औषधि दिँदै आएको छ । निःशुल्क रुपमा वितरण गरिने औषधि भने सुर्खेतमा पाइदैन । सोही कारण सुर्खेतका सिकलसेल संक्रमितहरु औषधि लिन नेपालगञ्ज जाने गरेका छन् ।
आर्थिक रुपमा विपन्न थारु समुदायले सिकलसेलको उपचारका लागि नेपालगञ्ज जानुपर्दा अझ थप पीडित भएको भन्दै सुर्खेतमै सिकलसेलको नियमित परिक्षण र उपचार, थारु समुदायमा स्वास्थ्य परीक्षण शिविर, विद्यालयमा जनचेतना कक्षा, विवाह अघि रक्त परीक्षण अनिवार्य व्यवस्था र स्वास्थ्य बीमा कार्यक्रमलाई प्रोत्साहन जस्ता गतिविधिहरु प्रदेश सरकार आफै वा स्थानीय तहमार्फत गर्न/गराउन पहल गर्न माग राख्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्