२०८३ साउन ११ , सोमबार

जुम्लाको गुठिचौर पाटनमा प्याराग्लाइडिङ महोत्सव



जुम्लाको गुठिचौर गाउँपालिका २ गुठिचौर पाटनमा दोस्रो प्याराग्लाइडिङ महोत्सव सुरु भएको छ । गुठिचौर गाउँपालिकाको आयोजनामा सुरु भएको महोत्सव असोज ११ सम्म चल्नेछ । महोत्सव उद्घाटन गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले गरेका थिए । आइतबार पहिलो दिनमा २५ वटा उडान भरेको अध्यक्ष बुढाले जानकारी दिए । प्याराग्लाइडिङ महोत्सवमा पोखरा, स्याङ्जा र सुर्खेतका गरेर १२ जना चालक गुठिचौर आइपुगेका छन् । यो वर्ष २ सय ५० भन्दा धेरै उडान भर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष बुढाले बताए । पहिलो प्याराग्लाइडिङ महोत्सवमा २३४ उडान गरिएको थियो । साहसिक पर्यटन विकास गर्न प्याराग्लाइडिङ क्षेत्रलाई प्रवर्द्धन गर्न लागिएको अध्यक्ष बुढाले बताए । ुमहोत्सव मनोरञ्जनका लागि मात्र होइन्,ु अध्यक्ष बुढाले भने, ‘गुठिचौरलाई साहसिक पर्यटनको नक्सामा कायम गराउन पनि उत्तिकै महोत्त्वपूर्ण छ ।’ प्यारा गर्नेहरुले गुठिचौरको सुन्दरताको भरपुर अवलोकन गर्छन् । यो सँगै स्याउ बगैंचाहरु, हरियाली वन र पाटन क्षेत्रहरुका साथै सँगै जोडिएका जुम्लाका घना बस्तीहरुको समेत अध्ययन गर्न पाइरहेका छन् ।

प्रकाशित मिति : २०८२ असोज ६ गते सोमबार