
सुर्खेत । नेपालीहरुको महान पर्व बडादशैं आजदेखि घटस्थापनासँगै सुरु भएको छ । घर–घरमा वैदिक विधिअनुसार दियो, कलश र गणेश स्थापना गरी जमरा राखिएको छ । दुर्गा देवीको प्रिय जौको जमरा विजया दशमीका दिन टीका–प्रसादसहित ग्रहण गरिन्छ ।
घटस्थापनादेखि दशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ, जसमा दुर्गाका नौ रुपको पूजा गरिन्छ । सातौँ दिन फूलपाती, महाअष्टमी र महानवमीमा बलिपूजा गरिन्छ भने शक्तिपीठ र देवी मन्दिरमा विशेष भीड लाग्ने गर्छ । दशैंलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइन्छ । यस वर्ष टीका असोज १६ गते परेको छ ।
प्रकाशित मिति : २०८२ असोज ६ गते सोमबार
प्रतिक्रिया दिनुहोस्