२०८३ वैशाख ५ , शनिबार
जेनजनी आन्दोलनको असर

वीरेन्द्रनगरका १२ वटा वडाहरुको सेवा जिससको हलबाट सुरु



सुर्खेत । वीरेन्द्रनगरका १२ वटा वडाले जिल्ला समन्वय समिति सुर्खेतको हलबाट सेवा प्रवाह सुरु गरेका छन् । जेनजीको आन्दोलनका क्रममा वीरेन्द्रनगरका १ देखि १२ सम्मका वडा कार्यालयहरु आगजनी र तोडफोडबाट ध्वस्त भएका छन् ।
वडा कार्यालयहरु ध्वस्त भएपछि एकीकृत रुपमा जिससको हलबाट सेवा प्रवाह सुरु गरेको वीरेन्द्रनगर–६ का वडाध्यक्ष जनक रावलले जानकारी दिए । जेनजीको आन्दोलनबाट वडामा रहेको फर्निचर सामग्रीदेखि कम्प्युटरसहितका सबै कागजपत्रहरु खरानी भएका छन् । वडाको भवनरु पनि क्षतिग्रस्त अवस्था छन् । आगजनी र तोडफोडका कारण वडाबाट सेवा प्रवाह गर्न सम्भव नभएपछि जिससको हलबाट एकीकृत रुपमा सेवा दिन थालेको हो । जेनजीको आन्दोलका क्रममा वीरेन्द्रनगरका वडा नं. २, ३, ४, ५, ६, १० र ११ नम्बर वडा कार्यालयहरु पूर्णरुपमा क्षतिग्रस्त छन् । त्यस्तै वीरेन्द्रनगरकै वडा नं. १ ७, ८, ९ र १२ आंशिक रुपमा क्षति पुगेको छ ।

प्रकाशित मिति : २०८२ असोज ५ गते आइतबार