
सुर्खेत । जुम्लामा पछिल्ला वर्षहरुमा जंगली जनावर भालु आतंक बढ्दै गएको छ । जंगलमा आहारा पाइन छोडेपछि भालुले मानसिलाई नै आक्रमण गर्न थालेको छ । पछिल्लो समय पनि भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । घाइते हुनेहरुको हिमा गाउँपालिका–५ का हरिचन्द्र रोकाया र गणेश रोकाया छन् । उनीहरुलाई भालुले गाइ चराउन जंगल गएका बेला आक्रमण गरेको हो ।
आक्रमणबाट ३० वर्षीय हरिचन्द्र गम्भीर घाइते भएका छन् । उनलाई प्राथमिक उपचारपछि थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको छ । यस्तै ३५ वर्षीय गणेश सामान्य घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
जुम्लाको हिमा गाउँपालिका–५ बाझगाडको भित्र वन क्षेत्रमा बुधबार बिहान भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । स्थानीय दलवीर रोकायाका अनुसार भालुले आक्रमणको क्रममा गाउँलेको गाई, गोरु र भेडासमेत मारेको छ । ‘बिहानै चराउन लगेका बेला अचानक आक्रमण भयो । गाउँमा त्रास फैलिएको छ,’ उनले सुनाए ।
प्रतिक्रिया दिनुहोस्