२०८३ भदौ २७ , शनिबार
कर्णाली मन्त्रिपरिषद्काे निर्णय

लोकसेवा आयोगको सचिवमा रामबहादुर कुरुम्वाङ पदस्थापन



सुर्खेत। कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशको प्रशासनिक सञ्चालन, शान्ति सुरक्षा पूर्वाधार, जनप्रतिनिधिको सेवा-सुविधा तथा सामाजिक न्यायसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश लोकसेवा आयोगको सचिवमा नेपाल सरकारका सहसचिव रामबहादुर कुरुम्वाङलाई पदस्थापना गर्ने निर्णय गरेको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रदेशको प्रशासनिक चुस्तता र कानूनी प्रबन्धलाई सुदृढ बनाउने उद्देश्यका साथ विभिन्न मन्त्रालयबाट पेस गरिएका प्रस्तावहरूलाई स्वीकृत गरेको छ। निजामती सेवामा लामो प्रशासनिक अनुभव हासिल गर्नुभएका सहसचिव रामबहादुर कुरुम्वाङलाई प्रदेश लोकसेवा आयोग, कर्णाली प्रदेशको सचिव पदमा पदस्थापना गरिएको छ। प्रदेशभित्रका विभिन्न मन्त्रालय, विभाग तथा स्थानीय तहका लागि आवश्यक जनशक्ति चयन, परीक्षा सञ्चालन, सिफारिस तथा समग्र प्रशासनिक कामकारबाहीलाई थप पारदर्शी, दु्रत र व्यवस्थित बनाउन कुरुम्वाङलाई आयोगको जिम्मेवारी सुम्पिने निर्णय गरिएको हो।

प्रकाशित मिति : २०८३ भदौ २५ गते बिहीबार