सुर्खेत । सुर्खेतकाे चौकुने गाउँपालिका–६ स्थित वनडाल सामुदायिक वनको ओडारमा प्रहरीले ६ थान भरुवा बन्दुक बरामद गरेको छ। अवैध हातहतियार लुकाएर राखिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरी टोलीले बन्दुक बरामद गरेको हाे ।

खोजतलास गर्ने क्रममा बिहीबार साँझ ६ः१५ बजे एकनाले भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतकाे भनाइ छ ।
प्रकाशित मिति : २०८३ भदौ २६ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्