२०८३ भदौ २९ , सोमबार
कर्णाली प्रदेश सरकारको निर्णय

आज रातिदेखि कर्णाली प्रदेशको बजेट अधिवेशन अन्त्य



सुर्खेत । आज (सोमबार) राती १२ बजेदेखि कर्णाली प्रदेश सभाको बजेट अधिवेशन अन्त्य हुने भएको छ । सोमबार बसेको कर्णाली प्रदेश सकारको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । बैठकले प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन राती १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवत्ता कल्याणी खड्काले जानकारी दिनुभयो ।

‘मन्त्रिपरिद्को बैठकले आज राती १२ बजेदेखि कर्णाली प्रदेश सभाको बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ’ उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री समेत रहेकी मन्त्री खड्काले भनिन्, ‘बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।’

प्रकाशित मिति : २०८३ भदौ २९ गते सोमबार