२०८३ वैशाख ५ , शनिबार

जनन्जयको वार्षिक कारोबार ६ करोड



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–६ मा रहेको धनन्जय बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक कारोबार झण्डै ६ करोड पुगेको छ । शनिबार सम्पन्न वार्षिक साधारणसभामा कोषाध्यक्ष पंगालले वार्षिक कारोबार झण्डै ६ करोड पुगेको जानकारी दिएका हुन् ।
आर्थिक बर्ष २०८१/०८२ मा संस्थाले ५ करोड ८३ लाख ९१ हजार ९ सय ९७ रुपैँया कारोबार गरको कोषाध्यक्ष पंगालले जानकारी दिए । चालु आर्थिक वर्षमा यसलाई बढाएर लैजाने संस्थाको लक्ष्य छ ।
सहकारीका अध्यक्ष भलाराम पंगालीले सहकारीलाई सम्पूर्ण वित्तीय सो प्राप्तिका लागि सस्यहरुको पहिलो रोजाइको संस्था बनाउने, सदस्यहरुको सुरक्षित आवास तथा विभिन्न आयमूलक व्यवसाय तर्फ उन्मुख गराउने, सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्ने संस्थाको सोच रहेको बताए ।
उनले काष्ठ तथा गैरकाष्ठ वन पैदावार, जडिबुटी स्थानीय कच्चा पार्थको उत्पादन, प्रशोधन, भण्डारण तथा बजारीकरणसँग सम्बन्धित व्यवसाय गर्ने सदस्यलाई एकप्रतिशत र नवप्रवर्तनमा आधारित उत्पादनमूलक उद्योग व्यवासय र कर्णाली प्रदेशमा पाइने रैथाने कृषि उत्पादन गर्ने व्यवसाय गर्ने सदस्यलाई सीप विकास तालिम तथा ऋणको ब्याजदरमा शून्य दशमलव पाँच प्रतिशत छुट दिने गरेका जानकारी दिए । कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष प्रकाश तिमिल्सेनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । त भएको छ ।

प्रकाशित मिति : २०८२ असोज ५ गते आइतबार