
चल्दै गरेको वीरेन्द्रनगर–६ को वडा कार्यालय
सुर्खेत । जेनजीको आन्दोलनका क्रममा भौतिक संरचनामा भएको तोडफोड र आगजनीबाट वीरेन्द्रनगर नगरपालिकामा २० करोड बढीको क्षति भएको छ । वीरेन्द्रनगर नगर प्रमुख मोहनमाया ढकालले आगजनी र तोडफोडका कारण करिब २० करोड रुपैयाँभन्दा बढीको क्षति भएको बताइन् । आन्दोनलनकारीले वीरेन्द्रनगर नगरपालिकासँगै १ देखि १२ वटा वडामा आगजनी र तोडफोड गरेका थिए । जसका कारण वडा नम्बर १ देखि १२ सम्मका कार्यालय तत्काल सेवा दिन नसक्ने अवस्थामा रहेको अबस्थामा छैनन् ।
नगरपालिकाका १६ मध्ये उपत्यकाभित्र रहेका १२ वटै वडा कार्यालयका भवन, विद्युतीय सफ्टवेयर, उपकरण, कागजात, फर्निचर र खानेपानीलगायतका पूर्वाधार जलेर नष्ट भएका छन् । जसका कारण वडा कार्यालयहरू हुने सेवा प्रवाहहरु ठप्प भएका छन् । वडाले हुने जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद, बसाइँसराइ दर्ता, नागरिकता बनाउन आवश्यक पर्ने सिफारिस, बसोबास प्रमाणपत्र, जग्गा नामसारी, नक्सा पास र घर निर्माण अनुमति जस्ता सेवा पूर्ण रूपमा रोकिएका छ । आन्दोलनपछि ठप्प रहेका सबै वडाले आजदेखि एकीकृत रुपमा सेवा प्रवाह गर्ने तयारी गरेको वीरेन्द्रगनर–६ का वडाध्यक्ष जनक रावलले जानकारी दिए । सबै वडाले ध्वस्त भएका संरचनाहरु पुनःनिर्माण नहुँदासम्मका लागि नगरपालिकाबाटै एकीकृत रुपमा सेवा प्रवाह गर्ने रावलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्