सुर्खेत । कर्णाली प्रदेशसभाको अधिवेशन अन्त्य भएको छ । सोमबार राती १२ बजेदेखि चालु अधिवेशन अन्त्य भएको कर्णाली प्रदेशसभा सचिव डा. अर्जुनकुमार खड्काले जानकारी दिए ।

प्रदेश प्रमुखको कार्यालयले सोमबार राती १२ बजेदेखि लागू हुने गरी कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चालु अधिवेशन गर्न प्रदेश सभालाई पत्र पठाएको थियो । प्रदेश प्रमुख यज्ञराज जोशीले पठाएको पत्र प्राप्त गरेपछि कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम ३ को उपनियम ३ र ५ बोजिम अधिवेशन अन्त गरिएको प्रदेश सभा सचिवालयले जनाएको हो ।
सोमबार नै कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो ।
प्रकाशित मिति : २०८३ भदौ २९ गते सोमबार
प्रतिक्रिया दिनुहोस्