२०८३ वैशाख ५ , शनिबार

कर्णालीका गाउँगाउँमा चाडपर्व लक्षित सुपथ मूल्य पसल



सुर्खेत । दशै, तिहार र छड पर्वलाई लक्षित गरेर कर्णालीका गाउँगाउँमा सुफथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालयले स्थानीय तहसँगको समन्वयमा गाउँगाउँमा सपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।
कार्यालयले स्थानीय तहसँगको समन्वयमा जनशक्ति र ढुवानीको व्यवस्था प्रदेशभारका ४२ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको जनाएकोछ । प्रादेशिक कार्यालया प्रमुख केशवराज बुढाका अनुसार सुर्खेत वीरेन्द्रनगर, जुम्लाको खलंगा, दैलेखको दैलेखबजार र रुकुमपश्चिमको मुसिकोटमा मूल्य पसल सञ्चालन गरिएको छ ।
त्यस्तै जाजरकोटमा खलंगा, घोकी र नायकबाँडा, कालीकोटका मान्म, पदमघाट र खल्नाघाटमा पनि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । त्यस्तै मुगु गमगडी, सोरुकोट र श्रीकोट, हुम्लाको सिमकोट, सर्केगाड र श्रीनगर, डोल्पाको दुनै जुफाल र सर्मीमा सुपथ पसल सञ्चालन गरिएको छ ।
यसबाहेकका अन्य स्थानमा छिट्टै सपथ मूल्य पसल सञ्चालन गर्ने कार्यालयले जनाएको छ ।
सुपथ मूल्य पसलमाचामल र चिनीमा प्रतिकेजी पाँच रूपैयाँ र तेलमा प्रतिलिटर सात रूपैयाँ छुट रहेको छ । सुपथ पसलका लागि १२ हजार क्वीटन चामल, एक सय क्वीटन चिनी र २६ हजार पाँच सय लिटर खाने तेल स्टक राखिएको छ ।
सुपथ मूल्य पसलबाट गत वर्ष प्रदेशभर २६ हजार दुई सय ३९ क्वीटल चालम बिक्री भएको थियो । ४२ हजार नौ सय ५० लिटर तेल र एक सय २२ क्वीटल चिनी बिक्री भएको थियो । प्रदेशभरमा विभिन्न सामग्रीहरू बिक्री गर्दा एक करोड ३४ लाख ९८ हजार एक सय ८३ रूपैयाँ छुट दिइएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असोज २ गते बिहीबार