
सुर्खेत । कर्णाली राजमार्गको जुम्ला खण्ड अबरुद्ध भएको छ । सडकमाथिबाट आएको ठूलो ढुङ्गाका कारण सडक अबरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लामा प्रमुख दिपेन्द्र चौधरीले जानकारी दिए । जुम्लाको तीला गाउँपालिका १ मा विहीबार ८ बजेतिर सडक माथिबाट ठूलो ढुङ्गा खस्दा सडक अवरुद्ध भएको छ । ढुङ्गाको आकार ठूलो हुँदा आवातजावत रोकिएको छ भने साना सवारीसाधन भने चलिरहेका छन् । डोजरको प्रयोग गरेर ढुङ्गा हटाने प्रयास भइरहेको प्रमुख चौधरीले जानकारी दिए ।
प्रकाशित मिति : २०८२ असोज २ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्