
सुर्खेत । नेपाली काँग्रेस सुर्खेतको पार्टी कार्यालयमा सरसफाई गरिएको छ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको हप्ता दिनपछि पार्टी कार्यालयमा सरसफाई गरिएको हो । नेपाल तरूण दल, नेपाल विद्यार्थी संंघ, लोकतान्त्रिक खेलकुद, महिला संघ लगायतका नेता तथा कार्यकर्ताहरुले पार्टी कार्यालय सरसफाइ गरेका हुने । तोडफोड र आगजनीबाट के कति क्षति भयो भनेर एकनका लागि मुचुल्का गराउन ढिलाई भएका कारण हप्तादिनसम्म पार्टी कार्यालय सरसफाई गरिएको थिएन ।
यही भदौँ २४ गते जेनजी आन्दोलनकारीले काँग्रेस पार्टी कार्यालयमा तोडफोड र आजगनी गरेका थिए । आगजनी र तोडफोड गरिएको ७ दिनपछि अर्थात सोमबार मात्र पार्टी कार्यालयमा सरसफाई गरिएको हो । आगजनी र तोडफोडबाट पार्टी कार्यालयका सम्पूर्ण कागजात र सामग्रीहरु पूर्ण रुपमा क्षति भएका छन् ।
प्रकाशित मिति : २०८२ भदौ ३१ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्