२०८३ वैशाख ५ , शनिबार

आन्दोलनमा विध्वङ्स मच्याउनेहरु खोज्दै प्रहरी

तोडफोड, लुटपाट र आगजनी गर्नेहरुको तस्विर र भिडियो पठाउन अपिल


सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेत जेनजी आन्दोलनका क्रममा विध्वङ्स मच्याउनेहरु खोज्न थालेको छ । आन्दोलनका नाममा सरकारी, सार्वजनिक सम्पत्ति र व्यक्तिको सम्पत्तिमा तोडफोड, आगजनी, लुटपाट लगायतका अप्रिय घटनामा संलग्नहरु खोज्न थालेको छ । अप्रिय घटना घटाउनेहरुलाई कानुनी कारबाही गर्नका लागि प्रहरीले त्यस्ता घटनामा संलग्नहरुको खोजी गर्न थालेको हो । २३ र २४ भदौमा सुर्खेत जिल्लाका विभिन्न स्थानमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा भएका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आमसर्वसाधारणमा त्रास सिर्जना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्वीर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिंकहरू उपलब्ध गराउन सुर्खेत प्रहरीले अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले आन्दोलनका नाममा अराजकता फैलाउनेहरूको खोजी कार्य सुरु गरिएको बताए ।  घटनामा संलग्नहरुको तस्वीर, भिडियो वा अन्य विवरण cpp.dposurkhet@@gmailcom
इमेलमार्फत पठाउन पनि आग्रह गरेको छ । “तपाईंहरूको गोपनीयता कायम राखिनेछ,” भन्दै प्रहरीले आम नागरिकको सहयोगले घटनाबारे छानबिनमा सहज हुने विश्वास लिएको जनाएको छ ।
यस्ता घटनाबाट आमसर्वसाधारणमा त्रास उत्पन्न भएको भन्दै घटनाबारे थप जानकारी, दृश्य वा प्रमाणसँग सम्बन्धित सूचनाहरू छ भने जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई उपलब्ध गराउन प्रहरीले आग्रह गरेको हो ।

हेस्नाेस सूचना

प्रकाशित मिति : २०८२ भदौ ३१ गते मंगलबार