बिरुवा भविष्यको स्वच्छ हावा, स्वच्छ वातावरण र दिगो जीवनका प्रतीक थिए । तर, क्षणिक आक्रोशले तिनलाई खरानीमा बदलिदियो । यसले हाम्रो वातावरणीय सम्पत्तिलाई मात्र होइन, हरित भविष्यको सपनालाई पनि गम्भीर चोट पु¥याएको छ ।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनले मुलुकलाई गहिरो प्रश्नहरूको सामु उभ्याएको छ । राजनीतिक वितृष्णाका कारण परिवर्तनको चाहना बोकेर सडकमा उर्लिएको आन्दोलन शान्तिपूर्ण हुन सकेन ।आन्दोलनले उग्ररुप लिएपछि राज्यका महत्वूरर्ण र ऐतिहाँसिक संरचनाहरु भत्किए । आगजनी र तोडफोडले क्षणभरमै शहर कोलाहल र हुन्डरीमा डुब्यो । सुरक्षाकर्मीको गोली लागेर निहत्था युवाले ज्यान गुमाउनु प¥यो । तर, त्यो आन्दोलनले दिएको चोट केवल राजनीतिक मात्र होइन, सामाजिक र वातावरणीय हिसावले उत्तिकै गहिरो छ ।
१) आगो र प्रदूषणको छाँया
आन्दोलनका क्रममा लागेको आगलागिबाट उढेको धुवाँले सहरलाई कालो पर्दाले ढाक्यो । केही घण्टामै वायु प्रदूषणको स्तर उच्चतममा पुगेको अनुमान गर्न सकिन्छ । धुवाँमा रहेका सूक्ष्म कण (PM2.5, PM10) श्वासप्रश्वास प्रणालीलाई क्षति पु¥याउने खालका हुन्छन् । यस्तो प्रदूषण केही दिनमा हराए पनि यसको असर महिनौँसम्म रहन्छ । स्वास्थ्यमा मात्र होइन, जमिन र पानीमा समेत यसले दीर्घकालीन छाप छोड्छ ।
२) हरियालीमा लागेको चोट
सहरलाई हरित बनाउन रोपिएका कलिला बिरुवा नै आगो सल्काउन प्रयोग हुनु विडम्बनापूर्ण भयो । ती बिरुवा भविष्यको स्वच्छ हावा, स्वच्छ वातावरण र दिगो जीवनका प्रतीक थिए । तर, क्षणिक आक्रोशले तिनलाई खरानीमा बदलिदियो । यसले हाम्रो वातावरणीय सम्पत्तिलाई मात्र होइन, हरित भविष्यको सपनालाई पनि गम्भीर चोट पु¥याएको छ ।
३) दिगो विकास लक्ष्यतिरको यात्रा
नेपालले २०३० भित्र १७ वटा दिगो विकास लक्ष्य (SDGs) पूरा गर्ने संकल्प गरेको छ । तर, यस्ता घटनाले हाम्रो यात्रामा अवरोध सिर्जना गर्छन् ।
४-स्वच्छ ऊर्जा र वातावरण (Goal 7, 13, 15) प्रभावित हुन्छन्।
सुरक्षित सहर र पूर्वाधार (Goal 9, 11) मा पुनःनिर्माणको चुनौती थपिन्छ।
शान्ति र संस्थागत जवाफदेही (Goal 16) अझै टाढा धकेलिन्छ।
यसरी हेर्दा, आन्दोलनको अशान्ति र विनाशले विकासको गन्तव्य अझै टाढा धकेलेको छ।
कलान्तरमा देखिने असर
आगो निभिसकेको छ, धुवाँ हराइसकेको छ। तर त्यसको छायाँ अझै बाक्लो छ—
वातावरणमा प्रदूषणको असर लामो समयसम्म रहनेछ।
सामाजिक मनोविज्ञानमा हिंसाको छाप बस्नेछ।
पुनःनिर्माण र विकास योजनामा ढिलाइ हुनेछ।
यदि यस्ता घटनाहरू दोहोरिन्छन् भने हाम्रो हरित सपना खरानीमै सीमित हुनेछ।
बाटो फेरौँ, भविष्य रोजौँ ।
अब प्रश्न उठ्छ हामी के गर्ने ?
हरियाली पुनःस्थापना गर्नुपर्नेछ । जलेका बिरुवाको ठाउँमा नयाँ बृक्षारोपण गर्नु जरुरी छ । वातावरणमैत्री प्रविधि र स्वच्छ ऊर्जा प्रवद्र्धन गरेर सहरलाई दिगो बनाउनुपर्छ । राजनीतिक असन्तोषको समाधान संवाद र संस्थागत सुधारमार्फत खोज्नुपर्छ । आन्दोलन आक्रोशको होइन, रचनात्मकताका स्वरूपमा अगाडि बढ्नुपर्छ ।
निष्कर्ष : जेन–जी आन्दोलनले युवाको आवाजलाई संसारले सुनेको छ । तर, त्यसको तरिका र परिणामले गहिरो चिन्ता पनि दिएको छ । आगलागिबाट आएको प्रदूषण, हरियालीमा परेको चोट, र दिगो विकास लक्ष्यमा परेको धक्का–यी सबै हाम्रो भविष्यप्रति चेतावनी हुन् । अब हामीले रोज्नुपर्ने बाटो भनेको विनाश होइन, सिर्जना हो । खरानीमाथि नयाँ हरियाली जन्माउन सक्ने हो भने मात्र हाम्रो सहर, हाम्रो समाज र हाम्रो भविष्य साँच्चिकै दिगो बन्नेछ ।
प्रतिक्रिया दिनुहोस्