
सुर्खेत । पूर्व सुरक्षाकर्मी परिषद कर्णाली प्रदेशले जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका अपराधी तथा कैदीलाई तत्काल पकाउ गरी जनताको ज्यू–ज्यान र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न माग गरिएको छ ।
आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै परिषदले नेपाल सरकारसँग यस्तो माग राखेको हो ।
परिष्दका सचिव गणेश बहादुर शाही र अध्यक्ष दिपेन सिंह ठकुरीले संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गर्दै जेनजी आन्दोलनका क्रममा क्षति भएका भौतिक संरचनाको शीघ्र पुनर्निर्माण गरी शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्न पनि माग गरेको छन् । त्यस्तै आन्दोलनमा घाइते भएकाहरूलाई निःशुल्क उपचारको व्यवस्था गर्न र . वर्तमान राजनीतिक समस्याको निकास संविधानसम्मत ढंगले खोजी गर्न समेत माग गरेका हुन् ।
परिषदले भाद्र २३ र २४ गते जेनजी समूहले भ्रष्टाचार, बेरोजगारी, बेथिति तथा सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध विरुद्ध शान्तिपूर्ण आन्दोलन सुरु गरेको भने प्रशंसा गरेको छ । तर आन्दोलनका क्रममा अवाञ्छित तत्वहरूको घुसपैठका कारण देशभर अकल्पनीय धनजनको क्षति भएको परिषदको ठहर छ ।
शान्तिपूर्ण आन्दोलनलाई भंग गर्न घुसपैठमार्फत भएका आगजनी, तोडफोड, घरभिव मानिस जलाउने, निजी सम्पत्ति लुटपाट गर्ने जस्ता अमानविय कार्यले सम्पूर्ण राष्ट्रलाई मर्माहत बनाएको भएको भन्दै सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रदेश तथा स्थानीय तहका कार्यालयहरू लगायतका प्रमुख संरचनामा भएको क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
यस्तो छ पूर्व सुरक्षाकर्मी परिषद कर्णाली प्रदेशले प्रकाशित गरेको विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्