
सुर्खेत । जेनजीले थालेको आन्दोलनका क्रममा सुर्खेतमा तीन दजर्न भौतिक संरचनामा क्षति पुगेको छ । क्षति भएको चार दिनपछि कर्णाली प्रदेशमा मुख्यमन्त्री यामलाल कँडेलले भौतिक संरचनाको स्थलगत अनुगमन गरेका छन् । शनिबार जेनजीको आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट संरचनाहरुको स्थलगत अनुगमन गरेका हुन् ।
प्रारम्भीक तथ्याङ्क अनुसार जेनजीको आन्दोलनका क्रममा वीरेन्द्रनगरमा मात्रै ३७ वटा सरकारी र व्यक्तिका संरचनाहरुमा तोडफोड र आगजनी गरिएको छ ।
जसमध्ये कर्णाली प्रदेश सरकार मातहतका ७ वटा, राजनीतिक दलका ४ वटा कार्यालयहरु, सात वटा व्यक्तिका निजी सम्पत्ति र संघीय तथा स्थानीय तहका गरेर १८ वटा भौतिक संरचनामा तोडफोड र आगजनी गरिएको छ ।
क्षतिको एकीन विवरण भने अझै संकलन भएको छैन । क्षतिको विवरण संकलनका लागि कर्णाली प्रदेश सरकारले ११ सदस्यीय क्षति संकलन समिति पनि गठन गरेको छ । तर संघीयले सरकारले क्षतिको विवरण संकलन सम्बन्धी कुनै निर्णय नगरेका कारण वीरेन्द्रनगरका जिल्ला र प्रदेशस्तरिय कार्यालयमा भएको क्षतिको विवरण संकलन भएको हुन नसकेको हो ।
यी हुन्, जेनजी आन्दोलनकारीमा तोडफोड तथा आगजनी गरिएका संरचनाहरु
कर्णाली प्रदेश सरकारका कार्यालयहरु
१. वीरेन्द्रनगर–७, स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आगजनीबाट आंशिक क्षति ।
२. वीरेन्द्रनगर–७, स्थित मुख्यमन्त्रीको सरकारी निवासमा तोडफोड र आगजनीले पूर्ण क्षति ।
३. वीरेन्द्रनगर–७, स्थित भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीको सरकारी निवासमा तोडफोड र आगजनीले पूर्ण क्षति ।
४. वीरेन्द्रनगर–७, स्थित जलस्रोत तथा उर्जा विकासमन्त्रीको सवारी निवासमा तोडफोड ।
५. वीरेन्द्रनगर–७, स्थित मुख्य न्याधिवक्ताको कार्यालयमा आशिक क्षति ।
६. वीरेन्द्रनगर–७, स्थित कर्णाली प्रदेशसभामा पूर्णरुपमा क्षति ।
७. वीरेन्द्रनगर–७, स्थित प्रदेश प्रदेश लेखा नियन्त्रक कार्यालयमा पूर्णरुपमा क्षति ।
संघीय तथा स्थानीय तहका कार्यालयहरु
१. वीरेन्द्रनगर–८, स्थित वीरेन्द्रनगर नगरपालिकाको कार्यालयमा आंशिकरुपमा क्षति ।
२. वीरेन्द्रनगर–७, स्थित अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयमा आंशिकरुपमा क्षति ।
३. वीरेन्द्रनगर–७, स्थित नापी कार्यालयमा पूर्णरुपमा क्षति ।
४. वीरेन्द्रनगर–७, उच्च सरकारी वकिल कार्यालयमा सामान्य क्षति ।
५. वीरेन्द्रनगर–६, स्थित सिटीहलमा आंशिकरुपमा क्षति ।
६. वीरेन्द्रनगर नगरपालिकाको १ नम्बर वडा कार्यालयमा आंशिकरुपमा क्षति ।
७. वीरेन्द्रनगर नगरपालिकाको २ नम्बर वडा कार्यालयमा पूर्णरुपमा क्षति ।
८. वीरेन्द्रनगर नगरपालिकाको ३ नम्बर वडा कार्यालयमा पूर्णरुपमा क्षति ।
९. वीरेन्द्रनगर नगरपालिकाको ४ नम्बर वडा कार्यालयमा पूर्णरुपमा क्षति ।
१०. वीरेन्द्रनगर नगरपालिकाको ६ नम्बर वडा कार्यालयमा पूर्णरुपमा क्षति ।
११. वीरन्द्रनगर नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा आंशिकरुपमा क्षति ।
१२. वीरन्द्रनगर नगरपालिकाको ८ नम्बर वडा कार्यालयमा आंशिकरुपमा क्षति ।
१३. वीरन्द्रनगर नगरपालिकाको ९ नम्बर वडा कार्यालयमा आंशिकरुपमा क्षति ।
१४. वीरन्द्रनगर नगरपालिकाको १० नम्बर वडा कार्यालयमा आंशिकरुपमा क्षति ।
१५. वीरन्द्रनगर नगरपालिकाको ११ नम्बर वडा कार्यालयमा आंशिकरुपमा क्षति ।
१६. वीरेन्द्रनगर–४, स्थित रहेको रेडक्रस र हिमाली पुस्तकायल आशिकरुपमा क्षति ।
१७. वीरेन्द्रनगर–७, स्थित भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना आंशिक क्षति ।
१८. वीरेन्द्रनगर–८, स्थित जिल्ला समन्वय समितिको कार्यालयमा आंशिक क्षति ।
बैक तथा वित्तिय संस्था
१. वीरेन्द्रनगर–७, स्थित प्रदेशसभामा राखिएको एनआइसी बैंकको एटिएममा पूर्णरुपमा क्षति ।
राजनीतिक दलका कार्यालयहरु
१. वीरेन्द्रनगर–६, स्थित नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड र आगजनीले पूर्णरुपमा क्षति ।
२. वीरेन्द्रनगर–६, स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा तोडफोड र आगजनीले पूर्णरुपमा क्षति ।
३. वीरेन्द्रनगर–६, स्थित नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड र आगजनीले पूर्णरुपमा क्षति ।
४. वीरेन्द्रनगर–६, स्थित राष्ट्रिय जनमोर्चाको पार्टी कार्यालयमा तोडफोड र आगजनीले पूर्णरुपमा क्षति ।
व्यक्तिगत घरहरु
१. वीरेन्द्रनगर–७, स्थित कांग्रेस उपसभापती पूर्णबहादुर खड्काको घर पूर्णरुपमा क्षति ।
२. वीरेन्द्रनगर–७, स्थित डाक्टर डम्बर खड्काको घर पुर्णरुपमा क्षति ।
३. वीरेन्द्रनगर–७, स्थित विष्णु खड्काको घर पूर्णरुपमा क्षति ।
४. वीरेन्द्रनगर–८, स्थित नगर प्रमुख मोहनमाया ढकालको घरमा आंशिकरुपमा क्षति ।
५. वीरेन्द्रनगर–४, स्थित मुख्यमन्त्री यामलाल कँडेलको घरमा पूर्णरुपमा क्षति ।
६. वीरेन्द्रनगर–४, स्थित नगर उपप्रमुख निलकण्ठ खनालको घरमा आंशिकरुपमा क्षति ।
७. वीरन्द्रनगर–१०, स्थित विष्णु खड्काको माया पेट्रोल पम्पमा आंशिकरुपमा क्षति ।
प्रतिक्रिया दिनुहोस्