२०८३ वैशाख ५ , शनिबार

प्रतिनिधिसभा विघटन, फागुन २७ मा निर्वाचन



सुर्खेत । प्रतिनिधिसभा विघटन गरिएको छ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका हुन् । त्यस्तै पौडेलले प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते तोकेका छन् ।हालको प्रतिनिधि सभा विघटन गरी नयाँ चुनाव फागुन २१ गते तोकेको शीतलनिवाासबाट जारी विज्ञप्तिमा उल्लेख छ । जेनजी पुस्ताको रोजाइमा कार्कीलाई प्रधानन्त्री बनाइएको थियो ।
गत २३ र २४ गते राज्यको ठूलो धनजनको क्षति हुने गरी आन्दोलन भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, सबै मन्त्रीहरु र प्रमुख दलका नेताहरु सत्ता छोडेर सुरक्षाको माग गर्दै नेपाली सेनाको सरणमा पुगेका थिए । ५१ जनाको मृत्यु हुनेगरी भएको आन्दोलनका क्रममा राष्ट्रिय सम्पत्तिको ठूलो क्षति पुगेको छ ।

प्रकाशित मिति : २०८२ भदौ २८ गते शनिबार