२०८३ वैशाख ५ , शनिबार

सुशिला कार्की बनिन नेपालको पहिलो महिला प्रधानमन्त्री



सुर्खेत । पूर्व प्रधानन्यायाधिस सुशिला कार्की मुलुकको पहिलो प्रधानमन्त्री बनेकी छन् । वकालत पेसाबाट पहिलो महिला प्रधानन्यायाधीश बनेर कीर्तिमान रचेकी सुशीला कार्की शुक्रबार अन्तरिम नागरिक सरकारको प्रधानमन्त्री बनेर अर्को इतिहास रचेकी हुन् । ३१ वर्ष वकालतमा बिताएकी उनले ९ वर्ष सर्वोच्च अदालतको इजलासमा बिताइन्। जेनजी विद्रोहबाट जननिर्वाचित सरकार विस्थापित भएपछि स्वतन्त्र र प्रतिष्ठित नागरिकका रूपमा जेनजीहरूबाटै अघि सारिएकी उनले अब चुनाव गराएर निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्ने मुख्य कार्यभार पाएकी छन्।
२००९ साल जेठ २५ मा उनी मोरङ, विराटनगरको शंखपुरमा जन्मिएकी हुन्। सुशीलाको परिवार राजनीतिक पृष्ठभूमिको हो। उनका हजुरबुवा राणाकालमै लप्टन बनेका थिए। घरमै अक्षरारम्भ गरेकी उनी २०१५ सालतिर स्कुल पढ्न काठमाडौँमा रहेको मावली घरमा आइन्।

प्रकाशित मिति : २०८२ भदौ २८ गते शनिबार