
सुर्खेत । जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार रातीसम्म मृत्यु हुनेको संख्या ३० पुगेको हो । त्यस्तै विभिन्न २८ अस्पतालमा २५३ जना घाइतेहरूको उपचार भईरहेको छ । हालसम्म १ हजार ३३ जना घाइते भएका मन्त्रालयले जनाएको छ । तीमध्ये ७१३ जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ भने ५५ जनालाई अन्यत्र रेफर गरिएको छ । सबैभन्दा बढी घाइते सिभिल अस्पतालमा छन् । सिभिल अस्पतालमा ४३६ मध्ये ३४४ जना उपचारपछि घर फर्किएका छन् भने ६ जनाको मृत्यु भएको छ । नेसनल ट्रमा सेन्टरमा १६१ जना उपचारका लागि भर्ना भएका थिए, जसमा ५८ जना अझै उपचाररत छन् र ८ जनाको मृत्यु भएको छ । बाँकेको भेरी अस्पतालमा उपचारका लागि आएका २८ घाइतेमध्ये ५ जनाले ज्यान गुमाएका छन् ।
प्रकाशित मिति : २०८२ भदौ २५ गते बुधबार
प्रतिक्रिया दिनुहोस्