२०८३ वैशाख ५ , शनिबार

जेनजीको आन्दोलनले खरानी भयो कर्णाली प्रदेशसभा



सुर्खेत । जेनजी पुस्ताले थालेको आन्दोलनका कारण कर्णाली प्रदेशसभा खरानी भएको छ । प्रदेशसभाका पूर्ण रुपमा जलेर खरानी भएको हो । आन्दोलनरत पक्षले प्रदेशसभाका कुनै पनि डकुमेन्टको नाम निसाना मेटिने गरी खरानी भएका छन् । जेनजी आन्दोलनकारीहरूले लगाएको आगोले सभाका सबै भवन तथा संरचनाभित्रका सामाग्रीहरू जलेर नष्ट भएको प्रदेश सभाले जनाएको छ । प्रदेश सभा सचिवालयका कानुन अधिकृत मदन खड्काका अनुसार, सभाको हल भएको भवन, सभामुख, उपसभामुखको कार्यकक्ष भएको भवन, सचिवालयको भवनदेखि संसदीय समितिका सबै कार्यालयहरूमा आगजनी भएको छ ।

प्रकाशित मिति : २०८२ भदौ २५ गते बुधबार