
सुर्खेत । आज (शनिबार) पनि देशका प्रमुख शहरमा निषेधाज्ञा र कफ्र्यू जारी छ । नेपाली सेनाले जिल्ला सदरमुकाम माइकिङ गर्दै निषेधाज्ञा र कफ्र्यू जारी गरेको हो भने विज्ञप्ति नै निकालेर यस्तो जानकारी दिएको हो । काठमाडौं उपत्यकामा शुक्रबार (भदौ २७ गतेस)सम्म कफ्र्यू आदेश जारी गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै पछिल्लो सुरक्षा परिसथितिको विश्लेषणका आधारमा नागरिकको धनजनको सुरक्षाको लागि भन्दै सेनाले कफ्र्यू आदेश जारी गरेको हो । सैनिक जनसम्पर्क कार्यालयका अनुसार भाद्र २६ गते अर्थात बिहीबार विहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । यस्तै भदौ २६ गते बिहीबार बेलुकी ७ बजेदेखि भदौ २७ गते शुक्रबार बिहान ६बजेसम्म कफ्र्यू आदेश जारी गरेको सेनाले जनाएको छ ।
निषेधाज्ञा तथा कफ्र्यूको दौरानसमेत अत्यावश्यक सेवाका सवारी साधनहरू सञ्चालन गर्न सकिनेछ । जसमा एम्बुलेन्स, शव बाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ओसारपोसार गर्ने गाडी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्