
सुर्खेत । नेपालको २४ घण्टा नवित्दै राजनीतिक उथलपुथल भएको छ । जेनजीहरुको थालेको आन्दोलनमा १९ जनाको मृत्यु हुनेगरी सरकारले दमन गर्दा राजनीतिक उथलपुथल भएको हो । आन्दोलन सुरु भएको २४ घण्टाभित्र प्रधानन्त्री केपी शर्मा ओलीले पदबाट राजनीतिमा दिएका छन् । प्रधानमन्त्रीको राजीनामा आएको केही क्षणमा संसद भवनमा आगजनी भएको छ । प्रदर्शनकारीहरुले संसद भवनमै आगो लगाएका हुन् । यो समाचार तयार पार्दासम्म प्रदर्शनकारीहरु सिंहदरबार घेरेका छन् । देशभर मुख्य पार्टी कार्यालयहरुमा आगजनी भएको छ । पदर्शनकारीहरुले राष्ट्रिय पार्टीका सभापति रवि लामिछानेलाई पनि नक्खु कारागारबाट निकालेछन् । देशभरका राज्यका प्रमुख निकायमा आगो लगाइएको छ ।
प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्