
सुर्खेत । जेनजीहरुको आन्दोलत्र उग्र बनेपछि सुर्खेतमा पनि आज (मंगलबार)देखि कफ्र्यूृ लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले अहिले दिउँसो साढे ४ बजेदेखि अर्काे निर्णय नभएसम्म कफ्र्यु लगाइएको हो । प्रशासनले सुर्खेतको वीरेन्द्रनगरस्थित सुब्बाकुनादेखि पश्चिम बाङ्गेसिमलसम्म रत्न राजमार्गको उत्तर क्षेत्र सबै र दक्षिण तर्फ रत्न राजमार्गको ३०० मीटरभित्र कफ्र्यु लगाइएको हो । सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले सूचना जारी गर्दै कफ्र्यु लगाइएको जानकारी दिए ।
प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्