२०८३ वैशाख ५ , शनिबार
जेन-जी प्रदर्शन

१९ जनाको मृत्यु, साढे ३ सय घाइते



सुर्खेत । जेनजी प्रदर्शनमा देशभर १९ जनाको मृत्यु भएको छ । प्रदर्शनका कारण सोमबार काठमाडौंमा १७ र इटहरीमा २ जनाले ज्यान गुमाएका छन् । त्यस्तै देशभर ३४७ जना घाइते भएका छन् । देशभर सरकारी र निजी गरी ११ अस्पतालमा घाइतेहरूको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमध्येनिजामती कर्मचारी (सिभिल) अस्पतालमा १ सय जना घाइतेहरूको उपचार भइरहेको छ। अस्पतालले १५ जना घाइतेलाई वीर र ट्रमा अस्पतालमा रिफर गरेको थियो। सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको छ। त्यस्तै ट्रमा सेन्टरमा ५९ जनाको उपचार भइरहेको छ। मन्त्रालयले ट्रमा सेन्टरलाई विपद् योजना बनाएर आकस्मिक बिरामीलाई हेर्न निर्देशन दिएको छ। ट्रमामा ८ जनाले ज्यान गुमाएका छन् ।
वीर अस्पतालमा ६ जना घाइतेहरूको उपचार भइरहेको छ। एभरेस्ट अस्पतालमा १०२ जनाको उपचार भइरहेको छ । अस्पतालमा ७ जना गम्भीर घाइते छन्। मन्त्रालयका अनुसार एभरेस्ट अस्पतालमा ३ जना घाइतेको मृत्यु भएको छ । पाटन अस्पतालमा ४ जना गम्भीर घाइते छन् ।
काठमाडौं मेडिकल कलेज ९केएमसी०मा ३७ जनाको उपचार भइरहेको छ । केएमसी अस्पतालमा उपचाररत ६ जना शल्यक्रिया गर्नुपर्ने गम्भीर बिरामी छन् । त्रिवि शिक्षण अस्पतालमा १८ जना घाइतेको उपचार हुँदै छ । नर्भिक अस्पतालमा ३ जना घाइते उपचाररत छन् । पोखराको गण्डकी मेडिकल कलेजमा १ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना घाइतेको उपचार भइरहेको छ । झापाको दमक अस्पतालमा ७ जना घाइतेको उपचार भइरहेको छ । विराटनगरकफ विराट मेडिकल कलेजमा ४ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार