२०८३ वैशाख ५ , शनिबार

१९ जनाको मृत्युपछि सामाजिक सञ्जालको प्रतिबन्ध खुल्यो



सुर्खेत । सरकारले १९ जना बालबालिकाको हत्यापछि सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए । पहिले नेपालमा दर्ता नहुँदासम्म सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको सरकारले जेनजीले थालेको आन्दोलनपछि बिनाशर्त प्रतिबन्ध खुल्ला गरेको हो । जेनजीहरूको प्रदर्शनका कारण सोमबार काठमाडौंमा १७ र इटहरीमा २ जनाले ज्यान गुमाएका थिए । चर्को विरोध र सत्तारुढ दलबाटै दबाब थेग्न नसकेपछि अन्ततस् सरकार निर्णयबाट पछि हटेको हो ।

प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार