
सुर्खेत । जिल्ला समन्वय समिति जुम्लाको कार्यालय परिसरमा फेला परेको सकेट बम डिस्पोज (निस्क्रीय) पारिएको छ । नेपाली सेनाको देवीदत्त गणको बम डिस्पोजल टोलीले बम निष्क्रिय बनाएको हो । बम भेटिएपछि सेनाको टोली बिहानै जिल्ला समन्वय समितिको कार्यालयमा पुगेको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि बम भेटिएको स्थानमा पुगेमा थिए ।
शनिबार बेलुकी समन्वय समितिको पर्खाल बनाउने कामदारले सकेट बम फेला पारेका थिए । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले सकेट बम फेला पर्नेबित्तिकै प्रहरी र सेनालाई जानकारी दिइएको बताए । ‘सेनाले बम डिस्पोज गरेपछि कर्मचारीले सुरक्षित महसुस गरेका छन्,’ जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक असिम हमालले भने । यो बम संकटकालमा माओवादीले छाडेको हुन सक्ने आशंका गरिएको छ ।
प्रकाशित मिति : २०८२ भदौ २२ गते आइतबार
प्रतिक्रिया दिनुहोस्