२०८३ वैशाख ५ , शनिबार
पिपलबोटको वार्षिक समीक्षा

२७ करोड कारोबार, ढाई करोड आम्दानी



सुर्खेतको वीरेन्द्रनगर–४ भैरवस्थामा रहेको पिपलबोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २०८१/०८२ मा २७ करोड ९ लाख कारोबार गरेको छ । कुल २८ करोड ५८ लाख कारोबार गर्ने लक्ष्य लिएको थियो । शनिबार आफ्नै सभाहलमा सम्पन्न भएको वार्षिक समीक्षा गोष्ठिमा सहकारीले निर्धारित लक्ष्यको ९० प्रतिशत पूरा गर्न सफल भएको जनाएको छ ।
सहकारीका प्रबन्धक रमेश खनालले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक लक्ष्य तथा प्रगतिको प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् । कुल कारोबार मध्ये २ करोड ४४ लाख ७९ हजार शेयर पूँजी र १७ करोड ७९ लाख ऋण लगानी हो । त्यस्तै २१ करोड २ लाख ७० हजार सदस्यहरुको बचत/निक्षेप र २ करोड ६ लाख अर्थात कुल सम्पत्तिको ७.८८ प्रतिशत साधारण जगेडा कोष कायम हो ।
कुल २ करोड ५१ लाख आम्दानी गरेको सहकारीले १ करोड ९९ लाख कुल व्ययमा खर्च गरेको छ । ५२ लाख ८८ हजार खुद नाफा÷बचत गर्न सफल भएको सहकारीले जनाएको छ ।
त्यस्तै आर्थिक वर्ष २०८१/०८२ मा सहकारीले शेयर सदस्य संख्या बढाएर २ हजार ९ सय ४१ जना पु¥याउने लक्ष्य लिएको थियो । तर एक सय ५३ जना मात्रै शेयर सदस्य थप्न सफल भएको छ । थप भएका नयाँ शेयर सदस्यसँगै सहकारीका कुल सदस्य संख्या २ हजार ९ सय ३० जना पुगेको छ ।


त्यस्तै ८ सय ३९ जनाले एसएमएस सेवा र ३९ जनाले मोवाई बैंङ्किङ सेवा लिएका छन् । चालु आर्थिक वर्षमा मोवाई बैँङ्किङ प्रयोगकर्ता सदस्य संख्या ५ सय ५० जना पु¥याउने लक्ष्य राखिएको छ ।
संस्थाले २०८१/०८२ मा २२ जना शेयर सदस्यलाई सुत्केरी पोषण राहत दिएको छ । ७ जना सदस्यका अंशियारलाई २ लाख ५० हजार अन्तिम दाहासंस्कार/मृतक राहत दिएको छ । २ सय ६५ जना बाल बचतकर्तालाई जन्मदिनको उपहार प्रदान गरिएको सहकारीले २६ जना जेष्ठ सदस्यहरुलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ । सहकारीले आर्थिक वर्ष २०८२/०८३ का ३१ करोड २४ लाख कारोबार गर्ने र ३ करोड ४३ लाख आम्दानी गर्ने लक्ष्य लिएको सहकारीका प्रबन्धक रमेश खनालले बताए ।
सहकारीका उपाध्यक्ष मनिराम भण्डारीको स्वागत मन्तव्यसँगै सुरु भएको समीक्षा गोष्ठिको सञ्चालन सहकारीका सचिव गणेशमान खनालले गरेका थिए । कार्यक्रममा सहकारीका कोषाध्यक्ष खेमराज रावत, सचिव गणेशमान खनाल, उपाध्यक्ष मनिराम भण्डारी र अध्यक्ष सार्की लगायतले सभागीहरुका जिज्ञासाहरुको सम्बाधेन मन्तव्य राखेका थिए ।


त्यस्तै संस्थाका सल्लाहकारहरु कालुराम धौलाकोटी, अम्मरबहादुर कार्की, पदम बहादुर खड्का र देविप्रसाद खनालले समुदायमा आधारित भई बित्तीय तथा गैर–बित्तीय सेवा प्रदान गरेको भन्दै सञ्चालक समिति र कर्मचारीरुलाई धन्यवाद दिएका थिए । कर्मचारीहरुको मेहनत र इमान्दारिताको प्रशंसा गर्दै आगामी वर्षमा समेत उत्कृष्ठ कार्यसम्पादनका लागि शुभकामना दिएका थिए ।
विषयगत उपमिति, सञ्चालक समिति, लेखा समिति, सल्लाहकार समिति र कर्मचारीहरु सहित ४२ जनाको सहभागिता रहेका समिक्षा गोष्ठि सहकारीका अध्यक्ष बल बहादुर सार्कीको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष सार्कीले आर्थिक वर्ष २०८१/०८२ को निर्धारित लक्ष्य पूरा गर्नमा अथक मेहनत गरेको र आगमी दिनमा पनि यसलाई निरन्तरता दिन सुझाव दिएका थिए ।

प्रकाशित मिति : २०८२ भदौ २१ गते शनिबार