
सुर्खेत । जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको रजिस्ट्रारमा लक्ष्मीचन्द्र महत नियुक्त भएका छन् । बुधबार स्वास्थ्यमन्त्री प्रदीप पौडेलले महतलाई रजिस्ट्रार नियुक्त गरेका हुन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. पुजनकुमार रोकायाको सिफारिसमा मन्त्री पौडेलले महतलाई रजिस्टारमा नियुक्त गरेका हुन् । नवनियुक्त रजिस्ट्रार महत चन्दननाथ–१० का बोहोरो गाउँका बासिन्दा हुन । उनी विद्यावारिधि शोधार्थी हुन् ।
यसअघि प्रतिष्ठानको रजिस्टारमा नृपेन्द्र महत थिए । उनको कार्यअवधि असार ३ गते नै सकिएको थियो । प्रतिष्ठानले दुई महिनापछि रजिस्ट्रार पाएको हो ।
प्रकाशित मिति : २०८२ भदौ १९ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्