सुर्खेत । सुर्खेतमा परेका छन् । सामाजिक सञ्जालमार्फत सम्पर्क गरी आमा–बुवा र छोरी बनेर विवाह गर्ने नाटक गराई ठगी गर्ने उद्देश्यले विवाहपछि बेहुलीले नगद र गरगहना लिएर फरार भएको पीडितको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।अनुसन्धानका क्रममा एउटै महिलालाई फरक–फरक मितिमा विभिन्न पुरुषसँग विवाह गराई ठगी गरेको तथ्य बाहिर आएपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

पक्राउ परेकामध्ये दैलेखको साविक साढु गा.वि.स–३ घर भई हाल वीरेन्द्रनगर–१० बस्ने ४० वर्षीय गोपाल कुमार विक (होटल सदाशंकरका सञ्चालक) र अछाम तुर्माखाद गाउँपालिका–३ घर भई हाल वीरेन्द्रनगर–१० बस्ने ३८ वर्षीया भविसरा रास्कोटी मगर रहेका छन् । प्रहरीका अनुसार उनीहरूलाई ठगी तथा आपराधिक लाभको कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति : २०८२ भदौ १९ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्