२०८३ भदौ २९ , सोमबार

अखिल नेपाल खेलकुद महासंघ कर्णालीको अध्यक्षमा रम्तेल



सुर्खेत । अखिल नेपाल खेलकुद महासंघ कर्णाली प्रदेशको अध्यक्षमा सुर्खेतका मोतिराम रम्तेल निर्वाचित भएका छन् । बुधबार वीरेन्द्रनगरमा सम्पन्न महासंघको प्रथम अधिवेशनले २१ सदस्यीय कार्य समितिको अध्यक्षमा रम्तेललाई सर्वसम्मत निर्वाचित गरेको हो
रम्तेललाई अध्यक्ष बनाउन अखिल नेपाल खेलकुद महासंघका प्रतिनिधिहरु कालीकोटका सुवर्ण सेजुवाल, सल्यानका रविकरण कराला, जुम्लाका प्रेमबहादुर बस्नेत, डोल्पाका मनिराम बुढा र सुर्खेतका गोमा काफ्रेले समर्थन गरेका थिए । त्यस्तै अखिल नेपाल खेलकुद महासंघ जिल्लाबाट रुकुम, मुगु, हुम्ला, सल्यान, जुम्ला, डोल्पा, सुर्खेत, जाजरकोट र दैलेखका अध्यक्षहरुले समर्थन गरेका थिए । तर कालिकोटका अध्यक्षले भने रम्तेललाई प्रदेश अध्यक्ष बनाउने पक्षमा थिएनन् । बहुमतले निर्णय गरेपछि कालीकोटका अध्यक्षले माइनुटमै नोटकफ डिसेन्ट लेखेर चित्त बुझाएका थिए ।
समितिको उपाध्यक्षमा जाजरकोटका प्रेमबहादुर बस्नेत, कालिकोटका भुपेन्द्र शाही र रुकुमपशिचमका पवन शाही छन् । त्यस्तै सचिवमा डोल्पाका अर्जुन रोकाया र सहसचिव जुम्लाका प्रेम बहादुर बस्नेत निर्वाचित भएका छन् । समितिको कोषाध्यक्ष र सदस्यहरु पछि मनोनित गरिने छ ।

प्रकाशित मिति : २०८२ भदौ १९ गते बिहीबार