
सुर्खेत । दुई ग्राम ८ सय ५० मिलिग्राम लागूऔषध (ब्राउनसुगर) सहित सुर्खेतमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर–११ का २४ वर्षीय लोक प्रसाद आचार्य र सोही स्थानका २० वर्षीय धनबहादुर सोमै मगर रहेका प्रहरीले जनाएको छ । उनीहरूको साथ र घर तलासी गर्ने क्रममा प्रहरीले ब्राउनसुगर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए । उनका अनुसार वीरेन्द्रनगर नगरपालिका–११ मा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण शाखा सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ भदौ १९ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्