
सुर्खेत । यातायत व्यवस्था कार्यालय सुर्खेतले ‘एकल बिन्दु’ सेवा प्रवाह प्रणाली लागू गर्ने भएको छ । सेवा प्रवाहलाई छरितो, पारदर्शी र जनमैत्री बनाउन ‘एकल बिन्दु’ सेवा प्रवाह प्रणाली लागू गर्न लागिएको छ । कामलाई छिटो छरितो र नागरिकलाई सहज रुपमा सेवा प्रवाहका लागि ‘एकल बिन्दु’ लागू गर्नुपर्ने कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले बताए । बुधबार मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा बसेको प्रदेश निर्देशक समितिको बैठकले सुर्खेतस्थित यातायात व्यवस्था कार्यालयबाट त्यस्तो सेवा प्रवाह गर्ने निर्णय गरेको हो । कार्यालयबाट प्रवाह हुने सेवाहरु सवारी साधन जाँचपास, सवारी चालक अनुमतिपत्र (लाइसेन्स), सवारी साधन दर्ता, नवीकरण, कर तिर्ने, जरिवाना भुक्तानी सम्बन्धी प्रक्रियाको लागि सेवाग्राहीले विभिन्न काउन्टर धाउनुपर्ने अवस्थाको अन्त्य गर्न एकल बिन्दु सेवा प्रर्णाली लागू गर्न लागिएको हो । बैठकमा प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम अन्तर्गत गत आव २०८१/८२ को वार्षिक कार्यक्रम तथा बजेटको समीक्षा, आव ०८२/८३ को स्वीकृत कार्यक्रम तथा बजेटकाबारे सदस्यहरूलाई जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस्