२०८३ साउन ९ , शनिबार
प्रदेश खबर

नेकपाले मुख्यमन्त्रीबिरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने



सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

विहीबार बिहान बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले जानकारी दिनुभयो ।

कर्णालीका‌ मुख्यमन्त्री यामलाल कँडेल बिरुद्द प्रदेशसभास दर्ता भएको अविश्वास‌काे प्रस्ताव माथि आउँदाे शनिबार छलफल हुने भएको छ। बिहीबार बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले मुख्यमन्त्री बरुद्द‌ परेको अविश्वासको प्रस्तावमाथि शनिबारकाे बैंठकमा छलफल गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति : २०८३ साउन ७ गते बिहीबार