
सुर्खेत । ४ दिनपछि खुलेको कर्णाली राजमार्ग फेरि अबरुद्ध भएको छ । मंगलबार रातीदेखि नै राजमार्ग अबरुद्ध भएको सडक डिभिजन कार्यालय कालिकोटले जनाएको छ । पहिरो पन्छाएको पाँच घण्टामै पहिरो आएर सडक यातायात ठप्प भएको डिभिजन प्रमुख दीपेन्द्र चौधरीले जानकारी दिए । ‘हिजो राती नै गगनखोलामा पुनः पहिरो आयो’ उनले भने, ‘२४ घण्टा नविप्दै फेरि सडक अबरुद्ध भएको छ ।’ हिजो (मंगलबार) नेपाली सेनाको सहयोगमा पहिरो पन्छाइएको थियो । सोही स्थानमा फेरि लेदो सहितको पहिरो आएपछि सडक अबरुद्ध भएको हो । सडक खुलेको करिव ५ घण्टामै सडक अबरुद्ध हुन पुगेको हो । मंगलबार सडक खुलेपछि सबै गाडीहरु आ–आफ्नो गन्तव्यतिर गएका थिए ।
अबरुद्ध सडक खुलाउने प्रयास भइरहेकोउनले सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । सडकमा आएको पहिरो पन्छाउनका लागि स्काभेटर घटनास्लतर्फ गएको छ । तर लेदो सहितको पहिरो आएका कारण जोखिम भएको छ । मंगलबार राती परेको बर्षाले पहिरो पन्छाउन समस्या भएको हो । विहान पानी रोकिएपनि पहिरो पन्छाउन सकिएको छैन । जमिन राम्रोसँग सुकि नसकेको र फेरि माथिबाट पहिरो आउने जोखिम भएका कारण पहिरो पन्छाउनका केही समय लाग्ने भएको छ ।

राजमार्गमा पुनः पहिरो आएपछि सवारी साधनहरु बीच बाटोमै रोकिएका छन् । यात्रुहरुलाई मेल (पहिरो आएको स्थानदेखि साटफेरि गर्ने कार्य) गरेर आ–आफ्नो गन्तव्यतर्फ गएका छन् । तर ठूला बालबहाक सावरी साधनहरु भने बाटोमै रोकिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
कर्णाली राजमार्गको २३२ किलोमिटर सकडमध्ये कालीकोट र दैलेखको सीमाना दैखोलासम्म सडक डिभिजन कार्यालय सुर्खेत र दैखोलादेखि जुम्लासम्म सडक डिभिजन कार्यालय जुम्लाले हेर्दै आएको छ । २०७३ सालमा निर्माण सम्पन्न भएको कर्णाली राजमार्ग स्तरोन्नती नहुँदा हरेक बर्खामा सडक अबरुद्ध हुँदा सास्ती भोग्नु पर्ने बाध्यता छ ।
प्रतिक्रिया दिनुहोस्