२०८३ भदौ २९ , सोमबार
एभरेस्ट महिला भलिबल लिग

उद्घाटन खेलमा कर्णाली र पोखरा भिड्ने



सुर्खेत । शुक्रबारदेखि पोखराको बहुउद्देशीय कभर्डहलमा हुन लागेको वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) को दोस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता कर्णाली यशविस र पोखरा निन्जाजबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल शुक्रबार दिउँसो २ बजे सुरु हुनेछ । शुक्रबारै साविक उपविजेता ललितपुर क्विन्स र मधेस युनाइटेडबीच अपरान्ह ४ बजे दोस्रो खेल हुनेछ ।
इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा हुने प्रतियोगितामा साविक विजेता कर्णाली यशविससहित ललितपुर क्विन्स, काठमाडौँ स्पाइकर्स, मधेस युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाज गरी ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीले सिंगल राउण्ड रोविनका आधारमा अंक आपसमा खेलेपछि धेरै अंक जोड्ने दुई २ टोलीबीच भदौ २८ गते फाइनल खेल हुनेछ । दोस्रो संस्करणमा विश्वका विभिन्न देशबाट १८ विदेशी खेलाडी एभरेस्ट महिला भलिबल लिग खेल्ने पोखरा पुगेका छन् ।

प्रकाशित मिति : २०८२ भदौ १७ गते मंगलबार