२०८३ वैशाख ५ , शनिबार

चारदिन पछि खुल्या कर्णाली राजमार्ग



 

चार दिनदेखि अबरुद्ध कर्णाली राजमार्ग खुलेको छ । कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा गएको पहिरो पन्छाएपछि राजमार्ग खुलेको हो । पहिरोसहितका ठूला ढुङ्गाहरु फुटाउन नेपाली सेनाले ब्लास्ट (बिस्फोट) गराएको थियो । ब्लास्टले ढुङ्गा फुटाएपछि पहिरो पन्छाउन सहज भएको थियो । कालिकोटको देवी बक्स गुल्मबाट नेपाली सेनाका सहायक सेनानी सानुराम कार्कीको नेतृत्वमा १० जनाको समूह ब्लास्ट गरेका थिए । पौने १२ बजे सडक सञ्चालन गर्न गगन खोला पुगेको नेपाली सेना पौने एक बजेतिर सडक पूर्ण रुपमा खुलाउन सफल भएको हो ।
सडक खुलेसँगै राजमार्गमा रोकिएका सवारी साधानहरु गन्तव्यतर्फ लागेको छन् । गएको भदौँ १४ गतेदेखि कर्णाली राजमार्ग अबरुद्ध थियो । सडक सुचारु भएपछि रोकिएका स्याउका ट्रक, सार्वजनिक यातायात तथा निजी सावारीहरु गन्तव्यतर्फ लागेका छन् ।

प्रकाशित मिति : २०८२ भदौ १७ गते मंगलबार