२०८३ वैशाख ५ , शनिबार

जनजागृतले सञ्चालनमा ल्यायो इन्टरनेट बिना चल्ने पुस्तकालय



सुर्खेत । वीरेन्द्रनगर–१२ पदमपुरमा रहेको जनजागृत आधारभूत विद्यालयले अफलाईन पुस्तकालय संञ्चानमा ल्याएको छ । अफलाइन पुस्तकालय बिना इन्टरनेट सञ्चालन गर्न सकिन्छ ।
इन्टरनेट नहुँदा पनि चलान सकिने इ–पुस्तकालले विद्यार्थीको पढनपाठनमा ठूलो राहत मिल्ने अपेक्षा विद्यालयको छ । ‘अबदेखि हाम्रा विद्यार्थी भाइबहिनीहरुले इन्टरनेट नहुँदा पनि चल्ने पुस्तकालयको सेवा लिन सक्नेछन्’ विद्यालयका प्रधानाध्यापक ज्ञानुकुमारी सुवेदीले भनिन्, ‘यसले शिक्षक र विद्यार्थी दुबैलाई शिक्षण सिकाइका लागि लाभदायी हुने छ । इ–पुस्तकालय सञ्चालनमा आएपछि शिक्षक तथा विद्यार्थीहरुले कम्प्युटरमा दैनिक पठनपाठनलाई सहज र प्रभावकारी शिक्षण सिकाइका सहयोग पु¥याउने सुवेदीले बताइन् ।
द फोनिक्स फाउण्डेसन स्विट्जरल्याड, साझाशिक्षा ई–पाटी नेपाल र वीरेन्द्रनगर नगरपालिका सुर्खेतको संयुक्त प्रयासमा इन्टरनेटविना पनि संचालन हुने अफलाईन पुस्तकालय संचालन गरिएको हो । विद्यालयलाई इन्टरनेट विनापनि संचालन हुने ई–पुस्तकालय सर्भर, राउटर, मिनी कम्प्युटर, प्रोजेक्टर, स्पिकर, हेडफोन का साथै आवश्यक फर्निचर लगायतका सामग्री समेत उपलब्ध गराइएको छ । यसैबीच शिक्षक र विद्यार्थीलाई इ–पुस्तकालय सञ्चालन सम्बन्धी प्राविधिक ज्ञान समेत दिइएको छ । साझा शिक्षा ई–पाटी नेपालका सिनियर म्यानेजर टिकाराज कार्कीले चार दिने तालिम दिएका हुन् । पछिल्लो समय शिक्षण सिकाइलाई प्रभावकारी बनाउन विभिन्न विद्यालयले इ–पुस्तकालय सञ्चालनमा ल्याएका छन् । दैलेख र जुम्लाका ८ वटा विद्यालयमा यो कार्यक्रम सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति : २०८२ भदौ १७ गते मंगलबार