२०८३ वैशाख ५ , शनिबार

बाँदरलाई थापेको पासोमा पर्यो चितुवा



सुर्खेत । सुर्खेतको लेकवेशी नगरपालिका–७ बदेललाई थापेको पासोमा चितुवा परेको छ । बाँदरले बालीनाली सखाप पार्न थालेपछि स्थानीयले जंगली बँदेलका लागि पासो पापेका थिए । त्यही पासोमा चितुवा परेको हो । खेलवेशी ७ को लमनागाँउदेखि एक सय मिटर टाढा जंगलमा परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यो खबरका आधारमा इलाका प्रहरी कार्यालय लेकबेशीबाट प्रहरी नायब निरीक्षक मनिष गुरूङको कमाण्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ । बिहान ११ बजेपछि बँदेलका लागि थापिएको पासोमा पाटेबाघ परेको खबर स्थानीयले प्रहरीलाई दिएका थिए । प्रहरीले पासोमा फसेको बाघको उद्धारको लागि वनसँग समन्वय भइरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ भदौ १६ गते सोमबार